उदित नारायण झा का छोरा आदित्य नारायण झाले कुनैपनि कार्यक्रम होस्ट नगर्ने
हालसम्म करिब १२ रियालिटी शोको होस्ट गरिसकेका उदित नारायण झा का छोरा गायक तथा ‘इण्डियन आइडल–१२’ का होस्ट आदित्य नारायण झाले सन् २०२२ पछि होस्टिङ नगर्ने भएका छन् । केही महिनाअघि मात्रै विवाह गरेका आदित्यले अब आफूमाथि नयाँ जिम्मेवारी थपिएको त्यसलाई पूरा गर्न यो निर्णय गर्नुपरेको बताएका छन्। टेलिभिजन शो होस्ट गरेपछि धेरै उपलब्धी हासिल गरेको बताउने आदित्य अब फरक भूमिकामा देखिने प्रायसमा रहेको र आफू कुनै कार्यक्रममा निर्णायकको रुपमा वा कुनै गेम शो मा देखिन सक्ने समेत बताएका छन्।