09:42:49 pm 23-May-2022

उर्मिलालाई गोलि लागेको पुष्टी


उर्मिलालाई गोलि लागेको पुष्टी

युवापोष्ट,२९ चैत्र । लेटाङ्ग घटनामा मृत्यु भएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई गोली लागेको पोष्टमार्टम रिपोर्टबाट देखिएको छ । यस अघि प्रहरीले चक्कु प्रहारबाट निजको जनाएको थियो । गत चैत्र ६ मा लेटाङ्गमा एक जना मनोज पौडेल भन्ने माध्यमिक तहको शिक्षकले यौन दुर्ब्यबहार गरेको सम्बन्धमा स्थानीय, बिद्यार्थी र सर्वासाधारणले बिरोध गर्ने क्रममा केहि आपराधिक समुहको सिसा, ढुङ्गा र चक्कु प्रहारबाट निज प्रहरी जवानको मृत्यु भएको जनाएको थियो । पोष्ट मार्टम रिपोर्ट पछि उक्त घटना अझ बढि रहस्यमयी भएको छ । प्रहरीले केही मानिसहरुलाई अनुसन्धानका लागि पक्राउ गरी सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरेपनि यो अनुसन्धान कमजोर रहेको पुष्टी भएको छ ।

आपराधिक ब्यक्ति/समुहले प्रहरी प्रति सर्वसाधारणको आक्रोशको समयमा त्यही मौकाको सदुपयोग गर्दै प्रहरीसँग दुस्मनी साँध्ने काम गरेको प्रस्ट छ । नेपाल प्रहरीले अनुसन्धानलाई अति तिब्रताका साथ अघि बढाउनुपर्ने देखिन्छ नत्र जनताको शुरक्षामा खटिने प्रहरीको मनोबल खस्कने मात्र नभई यसले प्रहरी प्रतिको सर्वसाधारणको भरोसामा समेत कमी ल्याउँछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]