बलिउड स्टारहरुलाई कोरोना पोजेटिभ भएको खबरहरु एकपछि अर्को गर्दै इन्डस्ट्रीमा आइरहेसँगै बलिउड निर्मात्री एकता कपुरलाई कोरोना संक्रमण पुष्टि भएको छ । एकता कपुरले सोमबार सामाजिक सञ्जालमार्फत आफूलाई कोभिड पोजिटिभ भएको जानकारी दिएकी हुन् ।
यसैबीच, बलिउड स्टार जोन अब्राहम र उनकी श्रीमती प्रिया रुञ्चलले पनि सोमबार सामाजिक सञ्जालमार्फत आफूहरुलाई कोभिड पोजिटिभ भएको जानकारी दिएका छन् । करीना कपूर खान, अमृता अरोरा, रिया कपूर र अर्जुन कपुर जस्ता अन्य सेलिब्रेटीहरूलाई पनि हालसालै कोभिड पोजिटिभ भएको थियो ।