एक सातादेखि गोरखा नगरपालिका–१२ नयाँबस्तीकी हराइरहेकी भनिएकि एक महिला मृत भेटिएकी छिन् । ६५ वर्षीया डोल्मा तामाङ सोमबार साँझ गोरखा नगरपालिका–१२ खत्रेबेँसीस्थित दरौदीखोला किनारमा मृत फेला परेकि हुन् । तामाङको शव परीक्षणका लागि गोरखा अस्पतालमा लगिएको छ ।