08:07:29 pm 23-May-2022

एक हजार भन्दा बढि युक्रेनी सेनाले आत्मसमर्पण गरेको रुसी दावी


एक हजार भन्दा बढि युक्रेनी सेनाले आत्मसमर्पण गरेको रुसी दावी

युवा पोष्ट,30 चैत्र । रुसी आधिकारीक समाचार एजेन्सीका समाचार अनुसार युक्रेनको मौरिपोल शहरमा  १,००० (एक हजार ) भन्दा बढि युक्रेनी सैनिकहरुले रुसी शुरक्षा फौज समक्ष आत्म समर्पण गरेका छन् । यसमा १६२ अधिकृत र ४७ महिला कर्मचारीहरु समेत रहेको कुरा रसियन रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल ईगोर कोनाशेन्कोभले आज जनाएका छन् ।

उनले भने रसियन फौज र गणतान्त्रिक डोनेटस्कको शुरक्षा एकाईहरुको आक्रामक कारवाहीको क्रममा मोरीपौल शहरको इलिचा धातु उद्योगमा रहेका सम्पूर्ण सुरक्षा कर्मीहरुले आत्मसमर्पण गरेका छन् । जहाँ जम्मा 1,026 जना शुरक्षा फौज रहेका थिए । जसमा १६२ अधिकृत र ४७ महिला कर्मचारीहरु रहेका छन् ।

उनले थप्दै भने १५१ जना घाईते युक्रेनी कर्मचारीहरुलाई मौरीपौल सिटि हस्पिटलमा मेडिकल उपचारको लागि लगियो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]