एथलेटिक्स जोडी सन्तोष र दिलमाया वैवाहिक बन्धनमा बाँधिए
युवा पोस्ट, मंसिर ६,२०७८, एथलेटिक्सका पूर्व खेलाडी सन्तोष श्रेष्ठ र दिलमाया कार्की विवाह बन्धनमा बाँधिएका छन् । आठ वर्ष लामो प्रेम सम्बन्धलाई हिजो दुबैले विवाहमा परिणत गरेका हुन् । नेपाल एपिएफ क्लबमा एथलेटिक्स प्रशिक्षकका रुपमा कार्यरत सन्तोष श्रेष्ठ १६ वर्ष अघि र दिलमाया ९ वर्षअघि एपिएफमा आबद्ध भएका थिए । दिलमायाले केहि समय अघि जर्मनीबाट स्पोर्टस एथलेटिक्सको कोर्स पूरा गरेकी छन् भने सन्तोषले ५ वर्षअघि भारतको पटियालामा एक वर्षे एथलेटिक्सको डिप्लोमा कोर्स गरेका थिए । अहिले एपिएफमा सन्तोष मध्यम र लामो दूरीका खेलाडीलाई प्रशिक्षण दिन्छन् । त्यस्तै दिलमायाले भने १ सय, २ सय मिटर, ४ सय मिटरका खेलाडीलाई प्रशिक्षण दिन्छन् ।