एनएमबि लघुबित्त र केवाइसी म्यानेजमेन्ट सिस्टम बीच सम्झौता
युवा पोस्ट, पौष १ ,२०७८, एनएमबि लघुवित्त बित्तीय संस्था लिमिटेडले आफ्नो ग्राहक पहिचान सम्वन्धी सम्पुर्ण कार्यलाई स्वचालित गर्ने भएको छ । यो कार्यका लागि संस्थाले डिजिटल एज नेपालसंग सम्झौता गरेको छ । सो सम्झौता पत्रमा एनएमबि लघुवित्त बित्तीय संस्था लिमिटेडको तर्फवाट प्रमुखकार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल एज नेपालका प्रबन्ध निर्देशक दिब्येश्वरी दलीले हस्ताक्षर गरेका छन । यसैगरी सुचना प्रविधिको क्षेत्रमा काम गर्ने एक अग्रिणी संस्थाको रुपमा रहेको डिजिटल एज नेपालवाट विकास गरिएको केवाइसी म्यानेजमेन्ट सिस्टम लगायतका प्रोगाम, एप्लिकेशन, सफ्टवयरहरु नेपालअधिराज्यका सवैजसो बैंक तथा वित्तीय संस्थाहरुमा प्रयोग भईरहेका छन् ।केवाइसी म्यानेजमेन्ट सिस्टम लागु भएपश्चात् वित्तीय संस्थामा आवद्ध ग्राहकहरुको ब्यक्तिगत विवरण अभिलेख ब्यवस्थित र बिश्वसनीय हुनुका साथै ग्राहकहरुले अनलाइनवाट खाता खोल्न सक्ने सुविधा समेत रहेको बताइएको छ ।