नेपाल टेलिकमले नमस्ते सिम प्रयोगकर्ताका लागि रिङ ब्याक टोन परिवर्तन गरेको छ। यसअघि कोरोनासम्बन्धी जानकारी दिने टेलिकमले अब भने जनगणनासम्बन्धी जानकारी दिन थालेको हो । राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्नका लागि टेलिकममार्फत जानकारीमूलक सन्देश बजाउन थालिएको केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले जानकारी दिएका छन् ।