एमालेको आधिकारिक लोगो परिवर्तन, सुर्य भित्र हँसिया हथौडा मात्र
नेकपा एमालेले आफ्नो आधिकारिक लोगो परिवर्तन गरेको छ । गोदावरीको सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनले पार्टीको नयाँ लोगो पारित गरेको हो । यसअघि सुर्यभित्र सानो सीपी एन युएमएल राखेर बीचमा सानो हसियाँ हथौडा राखिएको थियो । अब सुर्यभित्र पहेंलो रङ्गको हँसिया हथौडा ठूलो अक्षरमा राखिने भएको छ । सूर्य चिह्नभित्रको पृष्ठभूमि भने रातो नै यथावत् छ ।