06:38:38 am 25-May-2022

एमालेले आज ६१ जिल्लामा अधिवेशन गर्दै


एमालेले आज  ६१ जिल्लामा अधिवेशन गर्दै

युवा पोस्ट,पौष २३,२०७८,शुक्रबार,

नेकपा एमालेले आज शुक्रबार ६१ जिल्लामा केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे शुरुवात गर्ने कार्यक्रम रहेको छ । ७७ जिल्ला मध्ये १६ जिल्लामा भने प्रतिकूल मौसम र आन्तरिक तयारी नपुगेको भन्दै अधिवेशन रोकिएको हो । जिल्ला अधिवेशन सकिएलगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश संगठन कमिटीको अधिवेशनको तयारी थाल्ने एमालेले जनाएको छ । एमालेको प्रदेश अधिवेशन माघ ८ गतेका लागि तोकिएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]