एमाले महाधिवेशनबाट केपी शर्मा ओली फेरि पार्टी अध्यक्ष निर्वाचित, औपचारिक घोषणा हुन बाँकी
युवा पोस्ट, मंसिर १४,२०७८,
संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेको चितवनको सौराहामा जारी दशौँ महाधिवेशनमा भएको निर्वाचनमा भीम रावललाई निकै पछाडि पार्दै ओली पाँच वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्। तर पार्टीले औपचारिक रूपमा अन्तिम परिणाम घोषणा गर्न भने बाँकी छ।महाधिवेशनका लागि छानिएका कुल २,१५३ प्रतिनिधिमध्ये २,०९६ जनाले मतदान गरेका थिए।खसेको मतमध्ये ओलीले १,८४० ल्याएकाले उनको विजय सुनिश्चित भएको जानकारी छ । मङ्गलवार बिहान विद्युतीय उपकरण प्रयोग गरेर निर्वाचन सम्पन्न भएको थियो।