युवा पोस्ट, मंसिर ६,२०७८, कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (सोमबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो राउन्डको अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । सहिद स्मारक ए डिभिजन लिगमा सोमबार हुने पहिलो खेलमा विभागीय टोलीहरु नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब आमने सामने हुँदैछन् । यी दुईबीचको खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । आजै हुने दोस्रो खेलमा अघिल्लो सिजनको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्नेछ । खेल दिउँसो ४ः४५ बजेपछि हुनेछ । यसअघि हिजो भएको खेलमा ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी क्लब विजयी भए । ब्रिगेड ब्वाइजले एपीएफ क्लबलाई ३–२ गोलले हरायो भने मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई १ –० गोलले हराएको थियो ।