ओखलढुंगामा टाटा सुमो दुर्घटना हुँदा एक जनाको निधन, नौ जना घाइते
आज ओखलढुंगाको मोनभञ्ज्याङ गाउँपालिका–६ मितेरीभन्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने नौजना घाइते भएका छन् ।आइतबार दिउँसो मानेभज्याङ गाउँपालिका–१ मोलीबाट काठमाडौंका लागि छुटेको बा ११ च ५२१० नम्बरको स्कोरपियो सुमो दुर्घटनामा परेको हो । घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि घुर्मी पठाइएको जानकारी प्राप्त भएको छ ।