09:52:51 am 25-Sep-2022

ओलीजी बिदेशी होईन शुद्ध मेलम्चीको पानी पिउनुहोस्- खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरी


ओलीजी बिदेशी होईन शुद्ध मेलम्चीको पानी पिउनुहोस्- खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरी

युवापोष्ट ११ वैशाख, काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीले मेलाम्चीको पानीको वितरणको शुभारम्भ गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले मेलम्चीको बारे झुठो र कपोकल्पित कुरा गरेको भन्दै मेलम्चीको पानी पिउन आग्रह गरेका छन् ।

९ गते ओलीले  स्थानीय तह चुनावका लागि घोषणापत्र सार्वजनिक गर्दै आफ्नै बाचाअनुसार चैतभित्र मेलम्चीको पानी काठमाडौं खसाल्न नसकेको भन्दै गठबन्धन सरकारको आलोचना गरेका थिए ।सरकारले वर्षामा बाढी पसेपछि पानी होइन, भल टनेलमार्फत काठमाडौंमा खसाल्ने उनले बताएका थिए । ‘यिनीहरुले त्यतिबेला पानी ल्याउछँन्, जतिबेला त्यहाँ भल पस्छ । मेलम्चीको टनेलबाट बाढी पसाउँछन् । भल पसेपछि फेरि बनाउँछु भन्छ र फेरि बनाउनका लागि २/३ वर्ष लगाउँछन्, २/४ अर्ब खान्छन्,’ उनले भनेका थिए ।

त्यसकै जवाफमा मन्त्री चौधरीले ओलीलाई मेलम्चीको शुद्ध पानी शुद्ध छ कि अशुद्ध छ अनुभव लिनका लागि पिउन आग्रह गरे ।‘पूर्वप्रधानमन्त्री ओलीज्यूलाई सुन्दरीजलमा रहेको टि्रटमेन्ट प्लान्टबाट शुद्ध गरी काठमाडौंबासीको घर-घरमा जोडिएको पाइपबाट आएको मेलम्चीको पानी पिउन आग्रह गर्न चाहान्छु । म त यही धर्तीको पानी खाँदै आएको छु,’ मन्त्री चौधरीले भने,’तर उहाँ सायद विदेशबाट मगाएर पानी पिउनु हुन्छ कि ? कहाँको पानी पिउनु हुन्छ मलाई थाहा छैन, मेलम्चीको पानी शुद्ध छ । गुणस्तरीय छ कि यो बाढीको छ भन्ने अनुभव लिनको लागि पनि एक पटक पानी पिउनको लागि उहाँलाई आग्रह गर्न म चाहान्छु,’ मन्त्री चौधरीले अघि भने ।’उनले  खानेपानीको नाममा राजनीति नगर्न आग्रह गरे ।

 यस अघि मेलाम्चीको पानी काठमाण्डौमा बितरण भएको भएतापनि असार १ गते मेलम्ची नदीमा आएको बाढीले मेलम्चीे खानेपानी आयोजनाको संरचनामा क्षति पुगेपछि खानेपानी वितरण बन्द भएको थियो । मेलम्ची खानेपानीको पुनः वितरण सुरु भएसँगै अब प्रतिदिन १७ करोड लिटर खानेपानी उपत्यकामा वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ ।

खानेपानी पुनः वितरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको दीर्घकालिन सञ्चालनको लागि एसियाली बिकास बैंकले मेलम्चीमा आएको बाढी र पहिरोको क्षतिको विवरण र त्यसको कारण र स्थायी समस्या समाधानका उपायका लागि अध्ययन गरेकाले प्रतिवेदन तयार भएपछि आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गरिने बताए ।

उनले वर्षायाममा मेलम्ची नदीमा बाढी आएमा पूर्व सुचना दिनका लागि ‘अर्ली एलर्ट मेसिन’ जडान गरिएको बताए । मन्त्री चौधरीले मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने प्रणालीलाई व्यवस्थापन गर्नका लागि मन्त्रालयमा सचिवको संयोजकत्वमा समन्वय समिति गठन गरेको बताए । उनले वषर्ायाममा मेलम्चीको पानीको विकल्पको रुपमा बाग्मती नदीको पानि शुद्धिकरण गरी ल्याउने प्रक्रिया अगाडि बढाइएको पनि जानकारी दिए ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]