कट्टरपन्थीहरूले हिन्दु मन्दिर बाहिर गाईको मासु झुण्ड्याए
युवा पोस्ट,पौष १९ , २०७८, सोमबार,
बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायको धार्मिक भावनामा चोट पुर्याउने घटना बाहिर आएको छ । बंगलादेशको लालमोनिरहट जिल्लामा केही कट्टरपन्थी अपराधीहरूले हिन्दु मन्दिरहरू बाहिर पोलिथिनमा गाईको मासु झुण्ड्याएको आरोप छ। यो घटनापछि बंगलादेशमा अत्यन्तै तनाव फैलिएको छ । भारतसँग जोडिएको सहरमा हिन्दु समुदायले व्यापक विरोध प्रदर्शन गरेका छन् । बंगलादेशको डेली स्टार पत्रिकाका अनुसार मन्दिरमा अपवित्र घटना लालमोनिरहाटको हातिबन्द उपजिल्लाको गेन्दुकुरी गाउँमा भएको थियो । शुक्रबार बिहान यहाँ तीनवटा हिन्दु मन्दिर र एउटा सर्वसाधारण को घरबाहिर पोलिथिनमा गाईको मासु झुण्डिएको देखियो । त्यसपछि हिन्दु समुदायले विरोध सुरु गरेका थिए । श्री श्री राधागोविन्द मन्दिर, गेन्दुकुरीको कुठीपारा काली मन्दिर, गेन्दुकुरीको बट्टला काली मन्दिर र एकको घरबाहिर गाईको मासु भरिएको पोलिथिन टाँसिएको हातीबाँद उपजिल्लाको पूजा उद्घाटन समितिका अध्यक्ष दिलीपकुमार सिंहले बताए । यस विषयमा प्रहरीले शुक्रबार राति चार वटा उजुरी दर्ता गरेको छ ।