कतार एअरवेज ‘ए’ डिभिजन लिगमा आजदेखि तेस्रो चरणको खेल हुँदै
युवा पोस्ट, मंसिर १७,२०७८,
एन्फाको आयोजनामा भइरहेको कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल आजबाट सुरु हुँदै छ । तेस्रो चरणका सबै ७ खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । चार दिनसम्म चल्ने तेस्रो चरणमा तीन दिन दुई खेल हुनेछ भने एक दिन एक मात्रै खेल हुने तालिका सार्वजनिक भएको छ ।शुक्रबारको पहिलो खेलमा फ्रेन्ड्स क्लबले थ्री स्टार क्लबको सामना गर्नेछ । यस्तै, दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपिएफ फुटबल क्लबबीच खेल हुनेछ ।
शनिबारको पहिलो खेलमा संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच खेल हुनेछ । सोही दिनको दोस्रो खेलमा च्यासल युथ क्लबले न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार हुने एक मात्रै खेलमा ब्रिगेड ब्वाइज क्लबले त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्नेछ ।सोमबार युथ एथ्लेटिक्स प्रतियोगिता हुने भएकाले रंगशाला उपलब्ध नभएका कारण तेस्रो चरणका अन्तिम दुई खेल बुधबार हुने एन्फाले जनाएको छ ।बुधबार हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । यसैदिन तेस्रो चरणको अन्तिम खेलमा जावलाखेल युथले मच्छिन्द्र फुटबल क्लबको सामना गर्नेछ ।
दिनमा दुई खेल हुँदा पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ भने दोस्रो खेल तथा दिनको एक मात्रै खेल साँझ पौने ५ बजे हुनेछ ।