कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै
युवा पोस्ट, मंसिर ५, २०७८,
कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो राउन्डको खेलमा आज आइतबार दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । दुवै खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ । दिनको पहिलो खेल १ बजेपछि सुरु भएको हो । पहिलो खेल ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र एपिएफ फुटबल क्लबबीच खेल हुदैछ । दिनको दोस्रो खेल दिउँसो ४ः४५ बजेपछि जावलाखेल युथ क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।