06:44:07 am 25-May-2022

को हुन् राजेन्द्र लिङ्देन,जसले कमल थापालाई पछार्दै अध्यक्ष पदमा मनोनित भए ?


को हुन् राजेन्द्र लिङ्देन,जसले कमल थापालाई पछार्दै अध्यक्ष पदमा मनोनित भए ?


युवा पोस्ट, मंसिर १९,२०७८

कमल थापालाई अध्यक्षको दौडमा पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देन वि.सं. २०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका थिए । राजेन्द्र लिङ्देनका बाबु पञ्चायतकालमा गाउँपालिकाको अध्यक्ष बनेका थिए। बाबुको पथ पछ्याउँदै लिङ्देन विद्यालय तहदेखि नै राजनीतिमा लागेका हुन्।उनले राजनीति शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्। उनी पञ्चायतकालको अन्त्यतिर २०४५ सालमा मेची क्याम्पसमा विद्यार्थी सङ्गठनको निर्वाचनमा पञ्चायत समर्थक विद्यार्थी सङ्गठन राष्ट्रवादी विद्यार्थी मण्डलका तर्फबाट अध्यक्ष पदमा उठेर हारेका थिए।२०४९ सालमा राप्रपाको विद्यार्थी सङ्गठन बन्दा उनी संस्थापक केन्द्रीय अध्यक्ष बनेका थिए। त्यस्तै उनी झापाको तत्कालीन गोल्धाप गाविसको वडा नं ३ वडाध्यक्ष भएका थिए।२०६२/६३ को जन आन्दोलनका बेला उनलाई झापाको बिर्तामोडमा राजावादी भएको आरोप लगाउँदै कालो मोसो दलिएको थियो।सशस्त्र द्वन्द्वकालमा माओवादी कार्यकर्ताले उनको झापा गोल्धापमा रहेको घरमा आगजनी गरेका थिए।घर ध्वस्त भएपछि उनी परिवारसहित त्यहाँबाट विस्थापित भएर बिर्तामोडमा बसोबास गर्दै आएका थिए।पैतृक सम्पत्तिमा पहुँच नभएका बेला उनले केही वर्ष धनकुटा(भद्रपुर गर्ने आफ्नै माइक्रो बस चलाएको पारिवारिक स्रोत बताउँछ।लिङ्देन २०७४ सालको संसदीय चुनावमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।नेकपा एमालेको समर्थनमा उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ठूलो मतान्तरले पराजित गरेका थिए।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]