अर्थ मन्त्रालयबाट २४ साउनमा स्वीकृत भएको नयाँ तलवमानलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै साउन महिनादेखि लागु हुने गरी सरकारी कर्मचारीको तलवमान वृद्धि भएको छ ।बढेको तलवका लागि सरकारले आवश्यक बजेटको समेत जोहो गरेको जानकारी गराएको छ । अब सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीले बढेको तलब पाउनेछन् ।