कांग्रेस सभापति निर्वाचनको दोश्रो चरणको निर्वाचनमा, देउवालाई समर्थन गर्दै प्रकाशमान सिंह
युवा पोस्ट, मंसिर २८ ,२०७८,
कांग्रेस सभापतिको निर्वाचनमा पहिलो चरणबाट बाहिरिएका एक उम्मेदवार प्रकाशमान सिंहले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन्। दोस्रो चरणमा सभापति पदका लागि देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मङ्गलवार ३:३० बजेदेखि ७:३० सम्म राष्ट्रिय सभागृह, भृकुटी मण्डपमा दोस्रो चरणको मतदान हुने तय भएको छ।