07:22:18 am 25-May-2022

काठमाडौंको बौद्धमा प्रेमिकाको हत्या गरी प्रेमीले गरे आत्महत्या


काठमाडौंको बौद्धमा प्रेमिकाको हत्या गरी प्रेमीले गरे आत्महत्या

युवा पोस्ट,पौष २३,२०७८,शुक्रबार,

काठमाडौंको ​ ​बौद्ध फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा दुईजना युवायुवती मृत फेला परेका छन् । मृत अवस्थामा भेटिएका युवा संखुवासभा घर भएका २५ वर्षीय अनिश जिमी र युवती खोटाङकी युसुना राई रहेका छन् । जिमीले प्रेमीका युसुना राईको हत्या गरी आत्महत्या गरेको त्यहाँको अवस्थाले बताएको प्रहरीले जानकारी दिएको छ ।

‘घटना हेर्दा युवकले प्रेमीकाको शरिरभरी चक्कु हानेका र शरिरभरी निकै चोटसहित युवती मृत अवस्थामा कोठामा फेला परेकी उनकै छेउमा घाटीमा चक्कुले रोपेको चोट सहित युवा ढलेको अवस्थामा उनीहरुलाई पाइएको थियो । उनीहरु पब्जी गेममार्फत एक अर्कासँग नजिकिएर प्रेमी प्रेमिका भएका र छिटै नै विवाह गर्ने योजना सहित लिभिङ टुगेदरमा बस्दै आएका थिए। उनीहरु सँगै अनिसकी आमा पनि बस्ने गरेको र राती १२ बजे एक्कासी कोठामा ड्याङ डुङ आवाज आएपछि आमाले थाहा पाएर ढोका खोल्न भन्दा ढोका नखोलिएपछि छरछिमेकी आएर ढोका फोरेर हेर्दा युवती मृत भेटिएकी थिइन्। युवकको शरीर तातै भएकोले युवकलाई राती नै चावहिलस्थित हेल्पीङ ह्याण्ड अस्पतालमा पुर्‍याइएको तर अस्पतालमा पुर्‍याएपछि उनलाई डाक्टरले मृत घोषणा गरेका थिए।
उनीहरुको के विषयमा झगडा भएको र झगडा हत्या नै गर्नुपर्ने अवस्थामा किन र कारण के थियो अहिलेसम्म खुल्न नसकेको उनकी आमा तथा प्रहरीले बताएका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]