काठमाडौं किंग्स इलेभेनबाट इपिएल खेल्न नेपाल आइपुगे अफ्रिदी
पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल आइपुगेका छन् । अफ्रिदी काठमाडौं किंग्स इलेभेनबाट इपिएल खेल्न आज दिउँसो ३:३० बजे नेपाल आइपुगेका छन् । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । विराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रीओटस, पोखरा राइनोजले खेल्ने छन् । अफ्रिदी यस इपिएल खेल्ने सर्वाधिक ठूला नामका खेलाडी हुन् । ४४ वर्षीय अलराउण्डर अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि २०१८ सम्म खेलेका थिए । उनले पाकिस्तानका लागि २७ टेष्टमा १७ सय १६ रन र ४८ विकेट हात पारेका छन् ।