काठमाडौं महानगरमा आजबाट १८ वर्षमाथिकालाई एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइँदै
काठमाडौं महानगरपालिकामा आजबाट कोभिडविरुद्धको एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिन थालिएको छ । ३२ वटै वडाका खोप केन्द्र तथा सातवटा अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरिएको महानगरले जनाएको छ ।जिल्लास्तरीय खोप समन्वय तथा अनुगमन समिति काठमाडौंको आइतबारको निर्णय अनुसार खोप लगाउन बाँकी १८ बर्ष माथिका सबैलाई आजबाट एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिन लागिएको हो। महानगरपालिकाले काठमाडौं महानगरपालिका भित्रका ३२ वटै वडाका खोप केन्द्र संगै नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र अस्पताल छाउनीमा गएर समेत खोप लगाउन सकिने छ । खोप विहान १० देखि अपरान्ह ४ बजेसम्म चल्नेछ।