07:09:05 am 25-May-2022

काठमाण्डौ महानगरपालिकाकी नेकपा एमालेको तर्फबाट उपमेयर प्रत्यासी सुनिता डंगोल बिरुद्ध अख्तियारमा उजुरी


काठमाण्डौ महानगरपालिकाकी नेकपा एमालेको तर्फबाट  उपमेयर प्रत्यासी सुनिता डंगोल बिरुद्ध अख्तियारमा उजुरी

युवापोष्ट, २० बैसाख काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा उपमेयरकी उम्मेदवार सुनिता डंगोलले शैक्षिक प्रमाणपत्र ढाँटेर काठमाडौं महानगरपालिकामा नियुक्ति लिएको कुरामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

निजको बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएपछि रहस्य खुलेको हो। 

उजूरीमा शहरी विकास परियोजनाको सल्लाहाकारको नियुक्ति लिन निजको शैक्षीक योग्यता स्नातकोत्तर हुनुपर्नेमा ढाँट/छलछाम गरि निजले नियुक्ति लिएर मासिक रु ८०,००० तम गरि निजले नियुक्ति लिएर मासिक रु ८०,००० ि लिन निजको  डंगोलले स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्ष काठमाडौं महानगरको शहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलब सुविधा लिएको आरोप छ ।

काठमाडौं महानगरपालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने र स्नातकोत्तर अध्ययन गरेको हुनुपर्नेमा समाजशास्त्र विषयमा स्नातक गरेको व्यक्तिलाई नियुक्ति दिइएको भन्दै गैरकानूनी आर्थिक लाभ लिएको आरोप छ । 

वैशाख १६ गते भएको उजुरीमा डंगोलको नियुक्तिको सम्पूर्ण फाइल झिकाई भ्रष्टाचार निवारण ऐन अनुसार कसूर सजाय गराई प्राप्त गरेको रकम तथा जरिवाना समेत असुल उपर गराउन माग गरिएको छ ।

अख्तियारमा उक्त उजूरीको दर्ता नम्बर सी-०३२५३१, ०७९-०१-१६, १५२६२३८५ छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]