खोलाको कलकल ध्वनि, कोइलीको कुहु कुहु अनि बाँसुरीको सुरिलो धुन । यी ध्वनिहरु आफैमा मनमोहक र सुमधुर बनेका होइनन् । तपाईं हाम्रो कान छ र त यी सुमधुर बनेका छन् । कान अर्थात श्रवण शक्तिविनाको जीवन कल्पना पनि गर्न सकिन्न । तसर्थ कानको स्वास्थ्यको बारेमा हामी चर्चा गर्दैछौँ । कानको समस्याका धेरै प्रकारहरु हुन्छन् ।
जस्तै— कान पाक्नु, कान दुख्नु, कान कम सुन्नु, कान कराउनु आदि । यो समस्यालाई प्राकृतिक तथा घरेलु तरिकाबाट उपचार गर्ने तरिका निम्नानुसार— भोजन १. धेरै दुखाइ भएको अवस्थामा खाना खानुको सट्टा फलफूल र जूसमात्र सेवन गर्नु लाभदायक मानिन्छ । २. यो अवधिमा सुन्तलाको जूसमा पानी मिसाएर पिउनुपर्दछ । ३. दैनिक भोजनमा सन्तुलित आहार (आँटा, ब्राउन राइस, सलाद, तरकारी, फलफूल आदि) समावेश गराउनुपर्दछ । ४. दैनिक ओखरको सेवनले पनि श्रवणशक्ति विकास गर्दछ । घरेलु उपचार १. दुखेको कानमा तोरीको तेल हल्का तताएर अदुवाको रस २–३ थोपा मिलाएर कानमा राख्दा आराम मिल्दछ । २. कानमा कीरा पसेको भए मनतातो तेल राख्नाले कीरा मर्छ र बाहिर निस्कन्छ । ३. कानको दुखाईमा मनतातो प्याजको रस कानमा २–४ थोपा राख्नाले पनि दुखाई कम गर्छ । ४. कान पाक्ने फोका उठ्ने समस्या छ भने तोरीको तेलमा थोरै नुन मिलाएर मनतातो बनाई कानमा राख्ने र त्यसको वरपर मालिस गर्न सकिन्छ । ५. तोरीको तेलमा लसुन पकाइ सो तेल साँझ बिहान २–२ थोपा कानमा लगाउन सकिन्छ । ६. कानबाट झोल बग्छ भने नीमको पातको रस शुद्ध मह मिलाएर कानमा राख्न सकिन्छ । यसले दुखाई कम गर्नका साथै बहिरोपन कम गर्न सघाउँछ । ७. गाईको पिसाव वा आफ्नै पिसाब केही थोपा कानमा राख्नु पनि ज्यादा प्रभावकारी हुन्छ ।