कानुनविपरीत भन्दै भूतपूर्व गोर्खा सैनिकको त्रिपाल हटाइदियो ब्रिटेन प्रहरीले
गत शनिवारदेखि लन्डनमा आमरण अनशन गर्दै आएका भूतपूर्व गोर्खा सैनिकहरूले रहरले नभई बाध्यताले आफूहरूले आन्दोलन गर्नुपरेको बताएका छन्। अभियानकर्मीहरू ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घलेले आमरण अनशनमा सहभागी भएका छन् । सन् १९९७ भन्दा पहिला ब्रिटिश सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरूले पेन्सन लगायतका विषयमा आफूहरूलाई भेदभाव गरिएको बताउँदै आएका छन् ।ब्रिटिश प्रधानमन्त्रीको कार्यालयनजिकै अनशन बसेका उनीहरूको त्रिपाल मङ्गलवार ब्रिटेन प्रहरीले कानुनविपरीत भएको भन्दै हटाइदिएको छ। ब्रिटिश सेनाबाट सेवानिवृत्त सैनिकले गोर्खा राइट्स म्याटरू भन्दै सुरु गरेको अभियानलाई कैयौँ ऐक्यबद्धता जनाएका छन् ।