काबुलमा विशाल विरोधप्रदर्शन , तालिबानद्वारा चेतावनी स्वरुप हावामा गोली प्रहार
अफगानिस्तानको राजधानी काबुलका सडकमा आज मङ्गलवार हजारौँ प्रदर्शनकारीहरूले महिला अधिकार सुरक्षित हुनुपर्ने माग राख्दै तालिबान शासनको निन्दा गर्दै एउटा विशाल विरोधप्रदर्शन गरेका थिए । उक्त विरोधसभामामा सहभागीहरूलाई तितरबितर पार्न तालिबानले हावामा गोली चलाएको छ।गत साता अफगानिस्तानमा महिलाहरू तालिबानको विरोधमा सडकमा ओर्लिएका थिए। मङ्गलवार पुरुषहरूले पनि महिलाका लागि समानता र सुरक्षाको माग राख्दै एकबद्धता व्यक्त गरे।