11:28:25 am 25-Sep-2022

कामदारको न्युनतम तलव २५% ले बढ्यो- मलेसिया


कामदारको न्युनतम तलव २५% ले बढ्यो- मलेसिया

युवापोष्ट २३ वैशाख, काठमाडौं । मलेशियाले कामदारहरुको न्युनतम तलव बृद्धि गरेको छ । यस अघि १२०० मलेसियन रिङ्गेट भएकोमा हाल त्यसलाई बढाएर १५०० मलेसियन रिङ्गेट पुगेको छ । अन्य तलबमान पनि सोही अनुपातमा बृद्धि हुने हुनाले मलेसियामा बैदेशिक रोजगारका लागि गएका नेपालीहरुको पनि तलब बृद्धि हुने भएको छ । यसले देश छोडेर बैदेशिक रोजगारमा गएका नेपालीहरुलाई फाईदा पुगेको छ भने अनधिकृत/गैरकानुनी रुपमा मलेसियामा बसेका नेपालीहरुलाई भने यसले फाईदा नपुग्ने केहि जानकारहरु बताउँछन् । उनीहरुसँग कानुनी उपचार गर्ने वा बार्गेनिङ्ग क्षमता नहुनाले फाईदा हुन नसक्ने स्रोतको भनाई रहेको छ ।

गत १९ मार्च तदानुसार २०७९ साल बैसाख ६ मा मलेसियन प्रधानमन्त्री दातो स्री ईस्लाम साब्री याकोबले घोषणा गरेका छन् । उक्त घोषणा अनुसारको तलबमान १ मे २०२२ तदानुसार १८ बैसाख २०७९ देखि लागु हुनेछ ।   

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]