कामना सेवाको “के.एस डिजी” डिजिटल वालेट सेवा सञ्चालनमा
कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस. डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको छ । यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएका महानुभावहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु Upload गरी “KS Digi” Wallet” खोल्न सक्नुहुनेछ । हिजो एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतज्यूले उक्त वालेट सेवाको सुभारम्भ गर्नुभएको हो । यस डिजिटल वालेट खोल्न एपमा Face Recognition गर्न सक्ने Artificial Intelligence (AI) को प्रयोग भएको छ । साथै, Account Opening, Loan Application, Inter Operable QR, m Cash लगायतका बैकिङ सेवा तथा सुविधाहरु रहेका छन् । काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैकंले आफुलाई Digital Banking सेवाहरुमा अब्वल बैंकको रुपमा स्थापित गर्ने उदेश्य रहेको छ ।