नेपाली क्रिकेट टोलीका युवा ब्याट्सम्यान कुशल भुर्तेल आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्धको खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । अमेरिकालाई ५ विकेटले पराजित गर्न कुशलले नेपालबाट सर्वाधिक रन बनाएका थिए । कुशल भुर्तेलको यो ओडिआई करिअरको तेस्रो खेल हो । कुशलले यसै साता ओमान भ्रमणमा पपुवा न्युगिनीसँगको पहिलो खेलमा डेब्यू गर्दै १५ रन बनाएका थिए ।