विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह (आरआइटी)र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले ३८ तोला ९४४९.७७ ग्राम सुनसहित तीनजनालाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छन् । पक्राउ पर्नेमा शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक समीर सिजापती, सोही सुनचाँदी पसलमा कार्यरत सुनसरीका राजु विक र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का भवानी घिमिरे रहेका छन् ।उनीहरुको साथबाट ४९ हजारभन्दा बढी नगद र ५ थान मोबाइल पनि बरामद गरिएको छ । काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना८ख ८३४९ नम्बरको महाकाली यातायातको बसलाई अत्तरियामा चेकजाँच गर्दा उक्त बसका कण्डक्टर घिमिरेको साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला र नगद २६ हजार बरामद गरिएको थियो ।