कोपा अमेरिका कपमा अर्जेन्टिनाद्धारा कीर्तिमान कायम
कोपा अमेरिका २०२१ अन्तर्गत आज आइतबार बिहान माराकाना स्टेडियममा भएको उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्धन्द्धी ब्राजिललाई १/० को कठिन जित निकाल्दै अर्जेन्टिनाले ट्रफी उचालेको छ । अर्जेन्टिनाले सन् १९९३ मा कोपाको उपाधि जिते यता २८ वर्षपछि पहिलो उपाधि जित्न सफल भएको हो ।