कोभिड महामारीका बेला सबैभन्दा बढी पैसा कमाउने चलचित्र बन्यो स्पाइडर म्यान: नो वे होम
युवा पोस्ट,पौष १२, २०७८,
मार्भल सिनेम्याटिक यूनिभर्सले निर्माण गरेको चलचित्र स्पाइडर म्यान- नो वे होम सन् २०२१ मा सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ । चलचित्रले संसारभरि ९०.५ करोड अमेरिकी डलर कमाएको छ । सोनी र डिज्नीको सहनिर्माणमा बनेको सो चलचित्रले प्रीमीअर भएको दुई साताभन्दा कम समयमा यति पैसा कमाएको हो। स्पाइडरम्यान – नो वे होम ले नेपाली बक्सअफिसमा पनि १४ दिनमा ५ करोड ८० लाख ग्रस कमाइ गरेको छ ।
एक अर्ब डलरभन्दा धेरै कमाउने पछिल्लो चलचित्र सन् २०१९ को स्टार वार्ज: द राइज अफ स्काईवाकर भएको मिडिया डेटा एनलिक्टिक्स कम्पनी कम्सकोरले जनाएको छ । अन्य कुनै हलीउड चलचित्र कोभिड महामारी सुरु भएयता कमाइका हिसाबले बक्स अफिसको उक्त बिन्दुनजिक पुगेका छैनन्।