कोभिड र खराब मौसमले एकै दिन विश्वभर ४,४०० उडान रद्द
युवा पोस्ट,पौष १८ , २०७८, आइतबार,
हिजो शनिबारका दिन विश्वभर झन्डै ४,४०० उडानहरू रद्द गरिएको र जसमा २,५०० भन्दा धेरै अमेरिकामा रहेको एअर ट्राफिक साइट फ्लाइटअवेरले जनाइएको छ । जसको मुख्य कारण वायुसेवाका धेरै कर्मचारी कोभिड सङ्क्रमितको संसर्गमा आएर क्वारन्टीनमा बसिरहेका र खराब मौसम हिमपातको कारण पनि रहेको जानकारी प्राप्त भएको छ ।