दक्षिण कोरियाकी प्रख्यात अभिनेत्री किम मिन क्यूंगको ६१ वर्षको उमेरमा निधन भएको छ । सन् १९७९ बाट फिल्मी करियर सुरुवात गरेकी किमले सन् १९८१ मा उनले ‘कोरिया थिएटर फेस्टिभलमा ‘बेस्ट न्यूकमर अवार्ड जितेकी थिइन् । उनी अभिनित फिल्म ‘तज्जा’, ‘समवन बिहाइण्ड यू’, ‘ह्वेय द ट्रुथ लाइज’ जस्ता फिल्म हिट साबित भएका थिए । यसबाहेक उनी ‘द मून इमब्रेसिङ द सन’, ‘ह्वेन कमिला ब्लूम्स’, ‘द फ्लावर इन प्रिजन’ जस्ता टेलिफिल्म मा पनि उनको अभिनय ले निकै लोप्रियता हासिल गरेको थियो । उनी पछिल्लोपटक ‘माउस’ र ‘ए गुड सपर’मा समेत देखिएकी थिइन् । उनका दुई फिल्म रिलिजको तयारीमा छन् ।