कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन देखिएपछि अमेरिकाको यात्रामा कडाइ
युवा पोस्ट, मंसिर १७,२०७८,
अमेरिकामा ओमिक्रोन भेरिअन्ट का आठ सङ्क्रमित देखिएपछि राष्ट्रपति जो बाइडनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका छन् ।घोषणा अनुरुप बिहीवार सार्वजनिक गरिएको विवरण अनुसार अब सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घन्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ। यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागु हुन्छ। विमान, रेल वा बसमा चढ्दा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने नियम मार्च महिनासम्मका लागि लागु गरिएको छ। न्यू योर्क राज्यमा पाँच जनामा तथा मिनेसोटा र कोलोराडोमा अहिलेसम्म ओमिक्रोनको सङ्क्रमण एक/एक जनामा देखिएको छ। अमेरिकामा बुधवार क्यालिफोर्नियामा पहिलो ओमिक्रोन सङ्क्रमण देखिएको थियो।