07:43:09 am 25-May-2022

कोरोनाभाइरस भेरिअन्ट पत्ता लगाउने जीन सीक्वन्सिङ के हो ?


कोरोनाभाइरस भेरिअन्ट पत्ता लगाउने जीन सीक्वन्सिङ के हो ?

युवा पोस्ट, मंसिर १५,२०७८,

कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फैलिएको खबरमाझ भाइरसको नयाँ प्रकार चिन्ने विधि जीन सीक्वन्सिङबारे चर्चा भइरहेको छ। पहिले नेपालमा जीन सीक्वन्सिङ नहुने गरेकोमा अहिले हुन थालेको अधिकारीहरूले जानकारी दिएका छन्।उनीहरूका भनाइमा नयाँ भेरिअन्ट ओमिक्रोनलाई मध्यनजर गर्दै जीन सीक्वन्सिङलाई तीव्र पार्न लागिएको छ।

जीन सीक्वन्सिङ के हो?
त्रिभुवन विश्वविद्यालय सूक्ष्म जीवविज्ञान केन्द्रीय विभागका सहप्राध्यापक तथा पूर्वप्रमुख डा.मेघराज बञ्जाराका अनुसार जीन सीक्वन्सिङमा भाइरसमा रहेको न्यूक्लिओटाइडको क्रम (सीक्वन्स) लाई हेरेर त्यसमा परिवर्तन भएर नभएको पत्ता लगाइन्छ।उनका अनुसार हरेक जीवमा विभिन्न खाले न्यूक्लिओटाइड हुने गर्छन्। कोरोनाभाइरस आरएनए भाइरस भएकाले त्यसमा एडेनिन (adenine), युरासिल (uracil), साइटोसिन (cytosine) र ग्वानिन  (guanine) जस्ता तत्त्वहरू रहने बञ्जाराले बताए।

यीनै न्यूक्लिओटाइडलाई बुझाउन छोटकरीमा एयूसीजी भनिन्छ र जीन सीक्वन्सिङमा एयूसीजीको क्रम अर्थात् सीक्वन्स कस्तो छ भनेर हेर्ने गरिन्छ। भाइरस उत्परिवर्तन भएर त्यस्तो क्रममा रूपान्तरण भएको देखियो भने नयाँ भेरिअन्ट बनेको पत्ता लाग्छ। बञ्जारा भन्छन्, कम्युटरको किबोर्डमा लहरै अक्षर र अङ्कका किहरू राखिएजस्तै मिलेर आरएनएमा पनि विभिन्न तत्त्वहरू मिलेर बसेका हुन्छन्। किबोर्डमा २६ वटा अक्षर भए तर यसमा (आरएनए) चाहिँ चारवटा तत्त्वका सीक्वन्स हुन्छ।भाइरसमा उत्परिवर्तन भएपछि सीक्वन्समा परिवर्तन आउने बञ्जाराले बताए।कम्युटरको किबोर्डका किहरूलाई जुन क्रममा मिलाउनु पर्ने हो त्यो क्रममा नमिलाउँदाको जस्तो अवस्था उत्पन्न भई सीक्वन्स परिवर्तन भयो भने उत्परिवर्तन भयो भन्ने थाहा हुन्छ, उनले थपे।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]