कोरोना भ्याक्सिन खोप ५० वर्षमाथिका व्यक्ति, शिक्षक र वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिन सुझाव
सरकारको कोभिडसम्बन्धी विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेतीले चिनियाँ र अमेरिकी खोप एकैसाथ उपलब्ध हुने भएकाले श्रम गन्तव्यको मापदण्ड हेरेर वैदेशिक रोजगारीमा गएर मुलुकलाई विप्रेषण पठाउने श्रमिकहरू जो वैदेशिक रोजगारीमा जान सुनिश्चित भएका छन्, त्यस्तै ५० देखि ५५ वर्षको उमेर समूह र त्यसपछि सकिन्छ भने शिक्षकसहित अग्रपङ्क्तिमा खटिने पेसाकर्मीहरुलाई दिइनुपर्ने भनेर स्वास्थ्य मन्त्रालयलाई सुझाव दिइएको बताएका छन् । उनले जोनसन एन्ड जोनसन कम्पनीको खोप यसअघि नेपाल भित्रिएका चीन र भारतमा उत्पादित खोपहरू ७७ वटै जिल्लामा पठाउन समेत सुझाव दिएको बताए।