कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या आज झन् बढ्यो
नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ४३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ५०६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।