क्याटलान क्लब बार्सिलोनाका युवा स्टार पेड्रीले जिते ‘गोल्डेन ब्वाई अवार्ड’
युवा पोस्ट, मंसिर ७,२०७८, स्पेन तथा क्याटलान क्लब बार्सिलोनाका युवा स्टार मिडफिल्डर पेड्रीले यस वर्षको ‘गोल्डेन ब्वाई अवार्ड जितेका छन् । यसपटकको अवार्डको भोटिङमा ४० पत्रकारले मतदान गर्दा २६ जनाले पेड्रीलाई पहिलो स्थानमा राखेका थिए । ९ जनाले दोस्रो तथा ३ जनाले तेस्रो स्थानमा राख्दा पेड्रीलाई मत नदिने दुई जना मात्रै रहेका थिए । उनले दोस्रो स्थानमा रहेका जुडे बेलिङघमलाई भारी मतान्तरले पछि पार्दै यो अवार्ड जितेका हुन् ।