युवा पोस्ट, मंसिर २, २०७८, क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा आइतवार राति आएको ठूलो तुफानपछि सडक र रेल सञ्जालमा अवरोध उत्पन्न हुँदा सङ्कटकाल घोषणा गरिएको छ । विपद्बाट प्रभावित त्यस क्षेत्रका बासिन्दाको सहायताका लागि क्यानडाको फौजका कैयौँ जवान र अधिकृतहरू खटिएका छन्। उक्त तुफानका कारण हजारौँ मानिसहरू प्रभावित भएका छन्।क्यानडाको सबैभन्दा ठूलो बन्दरगाह भ्यानकुभरसम्म पुग्ने बाटो पनि अवरुद्ध भएको छ।तुफानका कारण केही पहाडी क्षेत्रका सहरहरूसँग सम्पर्क टुटेको बताइएको छ। त्यस क्षेत्रमा एक महिनामा पर्ने औसत पानी चौबिस घण्टाभित्रै परेको थियो जसका कारण त्यहाँ एउटा वायुमण्डलीय नदी उत्पन्न भएको थियो। अधिकारीहरूले त्यस्तो अवस्था उत्पन्न हुनुमा जलवायु परिवर्तन कारक रहेको हुनसक्ने बताएका छन्।।