06:45:00 pm 25-May-2022

क्रिस्चियन बुहारी भित्र्याउँदै लालू यादव


क्रिस्चियन बुहारी भित्र्याउँदै लालू यादव

युवा पोस्ट, मंसिर २३ ,२०७८,
भारतका चर्चित नेता लालू यादव छिटै आफ्नो छोराको विवाह गर्दै छन् ।लालु राष्ट्रिय जनता दल (आरजेडी) का राष्ट्रिय अध्यक्ष हुन्। लालुप्रसाद यादवका छोरा तेजस्वी यादवको केही दिनमा इन्गेजमेन्ट समारोह हुने बताइएको छ ।३२ वर्षीय तेजस्वी बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव र राबडी देस्पेवीका कान्छा छोरा हुन्। तेजस्वी यादवको ६ वर्षदेखि नयाँ दिल्लीको वसन्तबिहारमा बस्ने एलेक्सिस नामकी युवती सँग प्रेम रहेको बताइएको छ । तेजस्वीकी प्रेमिका एलेक्सिस क्रिस्चियन हुन् ।
उनको छोरा तेजस्वीले क्रिस्चियन बुहारी भित्र्याउने भए सँगै आक्रोशित भएका लालू तथा उनका परिवार अन्ततः छोराको रोजाइमा सहमत भएका छन् । लालुप्रसाद यादव, राबडी देवी, तेजप्रताप यादव, तेजस्वी यादव र मीसा भारतीसहित यादव परिवार इन्गेजमेन्ट समारोहमा सरिक हुन दिल्ली पुगिसकेका छन् । इन्गेजमेन्ट समारोहमा नजिकका परिवारका सदस्य र साथीहरूलाई मात्र निम्तो दिइनेछ। दिल्लीमा हुने इन्गेजमेन्ट समारोहमा नजिकका आफन्तसहित करिब ५० जना सहभागी हुनेछन् । तेजस्वीकी प्रेमिका एलेक्सिस एयर होस्टेज हुन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]