क्रिस्टियानो रोनाल्डोले फुटबलमा राखे नयाँ विश्वकीर्तिमान कायम ,पोर्चुगलका लागि गरे १११ गोल
पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप कतार २०२२ अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सर्वाधिक गोलको नयाँ कीर्तिमान बनाएका छन्। विश्वकप फुटबलको छनोट चरणको खेलमा रिपब्लिक अफ आयरल्यान्डविरुद्ध उनले दुई गोल गर्दै आफ्नो गोल सङ्ख्या १११ पुर्याएका छन्। उक्त खेलमा पोर्चुगल २/१ ले नाटकीय रूपमा विजयी भयो। इरानका लागि सन् १९९३ देखि २००६ सम्म १४९ खेलमा १०९ गोल गरेका अलि दाई यसअघि सर्वाधिक गोलकर्ता थिए। रोनाल्डोले यूरो २०२० मा फ्रान्सविरुद्ध दुई गोल गरेर उक्त कीर्तिमानसँग बराबरी गरेका थिए। म्यान्चेस्टर यूनाइटेडबाट क्लब फुटबल खेल्ने रोनाल्डो राष्ट्रिय टोलीका लागि १८० औँ खेलमा सहभागी भएर सेर्गियो रामोसको युरोपेली कीर्तिमानसँग पनि बराबरी गरेका छन्। फिफाका अनुसार मलेशियाका सोह चिन आनले १९६९ देखि १९८४ सम्म १९५ खेल खेलेका थिए। त्यो नै अहिलेसम्मको विश्व कीर्तिमान हो। नब्बे वा सोभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने रोनाल्डो र दाई मात्र दुई पुरुष खेलाडी हुन्।
रोनाल्डोले कहाँ कति गोल गरे? विश्वकप छनोट खेल – ३३
युरोपियन च्याम्पीअन्शिप छनोट खेल – ३१
मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल – १९
युरोपियन च्याम्पीअन्शिप – १४
विश्वकप – ७
यूईएफए नेशन्स लीग – ५
कन्फेडरेशन्स कप – २
रोनाल्डोले गरेका कुल गोलमध्ये झन्डै आधाजति खेलको अन्तिम ३० मिनेटमा भएका छन्।
उनले अन्तिम १५ मिनेटमा ३३ पटक गोल गरेका छन्।
रिपब्लिक अफ आयरल्यान्डविरुद्ध दुई गोल पनि सोही अवधिमा भएका थिए।