हिजो राती भएको क्लब मैत्रीपूर्ण खेलमा बार्सिलोनाले जिरोनालाई ३/१ गोल अन्तरले पराजित गरेको छ । प्रि-सिजन अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई ३/१ गोलले हराएको हो ।२१औँ मिनेटमा बार्सिलोनाको तर्फबाट कप्तान जेरार्ड पिक्यूले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई १/० गोलको अग्रता दिलाएका थिए । त्यस्तै २४औँ मिनेटमा रे मानाजले गोल गर्दै बार्सिलोनालाई २/० को अग्रता दिलाए । ४२औँ मिनेटमा सामु सैजले पेनाल्टीमा गोल गर्दौ जिरोनालाई २/१ को स्थितिमा ल्याए पनि ८५औँ मिनेटमा बार्सिलोनाका मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३/१ को जित दिलाए ।