देशकै ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले द विग अफर सबै सित्तैमा नामक प्रवर्धन येजना सुरु गरेको छ । यसमा कम्पनीले आफ्नो ग्राहकलाई डिस्काउन्ट, बोनसका साथै ५ गिगाहर्ज डुअल ब्याण्ड राउटर सित्तैमा एकमुस्ट उपलब्ध गराउने छ। यसरी ल्याएको भारी छुटसहितको अफर नेपालमा नै पहिलो पटक भएको कम्पनीको दावी छ । क्लासिक टेकका ग्राहकलाई तोकिएका प्याकेजमा १५ प्रतिशत नगद छुट, ६ महिना बोनस (३ महिना इन्टरनेट र ३ महिना अइपिटिभी) र राउटर एकमुस्ट पाउने छन्। कम्पनीले आफ्ना ग्राहकहरुलाई राउटर र फाइबर आफैले नचलाउन अनुरोध गरेको छ । राउटर अर्को राख्नका लागि कम्पनीको टिमले ग्राहकको घरमा गएर सित्तैमा राउटर अपग्रेड गरिदिने छ । यो राउटरले कम्पनीले दिएको उच्च गतिको स्पीडलाई ग्राहककोमा इन्टरनेट अनुभव अझै राम्रो बनाउछ । जसले गर्दा अनलाइन क्लास, गेमिग , डाउनलोड, भिडियो कलमा निकै सुधार आउनेछ। कम्पनीले ५ गिगाहर्ज डुअल ब्याण्ड राउटर ग्राहकको घरमा गई कम्पनीकै टिमले जडान गरिदिने छन् जसले गर्दा अप्टिकल पावर मेन्टेन हुनेछ र राउटरको प्लेसमेन्ट सहि ठाउँमा हुनेछ । यसले कभरेजमा सुधार आउनेछ । कम्पनीको मुख्य उद्देश्य देशका बिकशित सहरदेखि दुर्गम ग्रामिण भेगहरुमा समेत इन्टरनेटको पहुँच पुर्याउनुका साथै न्युन मूल्यमा उच्च गतिको सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । यो बिशेष अफर कम्पनीले आफ्ना ग्राहकहरुको लागि उच्च र छरितो सेवा प्रदान गर्न ल्याइएको हो । भविष्यमा पनि कम्पनीले ग्राहक सेवालाइ मध्य नजर राखेर थप सुबिधाहरु ल्याउने जनाएको छ। नेपालमा सन् २००९ देखी सुभाराम्भ भएको हो । यसले १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा सञ्चालनमा ल्याएको छ।