06:51:12 pm 25-May-2022

क्लास्सिक टेक नविकरण सापटीबाट ७ दिनसम्म रिचार्ज हुने


देशकै अग्रणी नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिन्युअल सापटी योजना ल्याएको छ । यसमा ग्राहकले क्लासिक टेक एपबाट एक क्लिकमा ७ दिन रिचार्ज सापटी लिन सक्ने भएका छन् । यस्तो सुबिधा नेपालमै पहिलो पटक भएको कम्पनीको दावी छ । क्लासिक टेकका ग्राहकले तोकिएका प्याकेजमा १ दिनदेखि ७ दिनसम्म नविकरण सापटी लिन मिल्ने छ।
ग्राहकले आफ्नो क्लासिक टेकको एप लगिन गरेर कस्टमर पोर्टलमा गएर यो सुबिधा लिनु पर्ने हुन्छ। क्लासिक टेकको एप गुगल प्ले वा एप स्टोरबाट डाउनलेड गर्न सकिने छ ।
कम्पनीले देशका बिकशित सहरदेखि दुर्गम ग्रामिण भेगहरुमा समेत इन्टरनेटको पहुँच पुर्याउनका साथै न्युन मूल्यमा उच्च गतिको सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । यो बिशेष अफर कम्पनीले आफ्ना ग्राहकहरुको लागि उच्च र छरितो सेवा प्रदान गर्न ल्याएको दावी गरेको छ । भविष्यमा पनि कम्पनीले ग्राहक सेवालाई मध्य नजर राखेर थप सुबिधाहरु ल्याउने जनाएको छ।
नेपालमा सन् २००९ देखि क्लासिक टेकले सेवा सुभाराम्भ गरेको हो । यसबीचमा कम्पनीले ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]