क्लोटिल्डा जसले १६० वर्ष पहिलेको दासत्वको कथा बताउँछ,
युवा पोस्ट,पौष १२, २०७८, सन् १८६० जुलाईमा अफ्रिकाबाट अमेरिकामा बन्दी दासहरू ल्याएको अन्तिम जहाज क्लोटिल्डाको भग्नावशेष आज पनि सुरक्षित रहेको छ । अनुसन्धानकर्ताहरुको टोलीका अनुसार यो जहाजको मूल संरचनाको दुई तिहाइ अझै बाँकी रहेको र यसमा मुख्य भागको तलको साइट पनि समावेश रहेको , जहाँ बेनिन ( अफ्रिकी देश ) बाट १६० वर्ष पहिले बेच्नको लागि अमेरिकी शहर मोबाइलमा ११० दास ल्याइएको थियो। यो रहस्य खुल्नु अघि सन् २०१९ मा, अन्वेषकहरूले रिपोर्ट गरेका थिए कि अलाबामाको मोबाइल नदीको हिलो किनारमा परेको काठको भग्नावशेष क्लोटिल्डाको हो। तर पछिल्लो खोज झनै स्तब्ध छ। नेसनल जियोग्राफीले गत हप्ता उक्त जहाज ठूलो मात्रामा सुरक्षित रहेको रिपोर्ट गरेको थियो। यो खोज पनि विशेष छ किनभने गत महिना मात्रै, क्लोटिल्डाको नाम ऐतिहासिक स्थानहरूको राष्ट्रिय दर्तामा समावेश गरिएको छ। अधिकारीहरूका अनुसार यो कदमले जहाजका अवशेषहरू जोगाउन धेरै लामो यात्रा गर्नेछ। क्लोटिल्डाको जहाजले दासत्वको सम्पूर्ण कथालाई प्रकाश पार्छ इतिहासकार सिल्भियान ए डिउफ, जसले क्लोटिल्डाको बारेमा लेखेका थिए, उनका अनुसार क्लोटिल्डा जहाजले ठूलो महत्त्व राखेको छ किनभने यसले दासत्वको सम्पूर्ण कथालाई प्रकाश पारेको छ। ६ हप्तासम्म जहाजमा थुनिएका मानिसहरूको कथा पनि महत्त्वपूर्ण छ। केवल २३ फिट लामो, १८ फिट चौडा र सात फिट अग्लो त्यो जहाजमा कोची कोची ११० दासहरू भरिएका थिए। यो यस्तो नराम्रो अनुभव थियो कि कोही पनि त्यस्तो कसैलाई भएको देख्न चाहँदैनन्।
क्लोटिल्डाले विगतका कालो दिनहरूको सम्झना गराउँछ क्लोटिल्डा डिसेन्डेन्ट्स एसोसिएसनका अध्यक्ष ड्यारेन प्याटरसनका अनुसार यो जनताका लागि निकै पीडादायी यात्रा थियो । उनका हजुरबुवा किशोरावस्थामा दासको रूपमा यो जहाजबाट अलाबामा पुगेका थिए। उनीहरुका अनुसार क्लोटिल्डा एक आवश्यक कलाकृति हो, विगतका कालो दिनहरूको सम्झनाको लागी ,कालो दास व्यापार र दास प्रथाको त्यो युगमा कति अमानवीयता थियो भन्ने कुरा यसले बताउँछ।
कप्तानले अवैध व्यापारको प्रमाण लुकाउन आगो लगाएका थिए सन् १८६० मा मोबाइलमा पुगेपछि, अवैध व्यापारको प्रमाण लुकाउन क्लोटिल्डाका कप्तान विलियम फोस्टरले बन्दीहरूलाई डुङ्गामा राखेर आगो लगाइदिए । त्यसपछि अनुसन्धानकर्ताहरूका अनुसार यो जहाज त्यही ठाउँमा उभिएको छ ।