जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरस्थित रानी नाका आज बुधबारबाट व्यवस्थित रुपमा सञ्चालन गरेको छ ।कोरोना महामारीको सुरुवात भएपछि सरकारले नाकाहरु सिल गरेको थियो । डेढ वर्षपछि रानी नाकाबाट सर्वसाधारणले खुला रुपमा भारततर्फ आउजाउको व्यवस्था गरिएको हो । दशगजा क्षेत्रबाट जताततै भारततर्फ भइरहेको आवत–जावतमा रोक लगाएर प्रशासनले व्यवस्थित रुपमा आवातजावतका लागि नाका खुला गरेको हो ।