07:35:51 am 03-Jul-2022

खोटाङ्गको स्थानीय तह निर्वाचनको मत परीणाम


खोटाङ्गको स्थानीय तह निर्वाचनको मत परीणाम

युवापोष्ट ४ जेष्ठ, दिक्तेल । खोटाङ्ग जिल्लामा मिति २०७९ साल बैसाख ३० मा सम्पन्न भएको स्थानीय निर्वाचनमा १० स्थानीय तहहरु मध्ये ९ स्थानीय तहको नतिजा प्रकाशन भइरहेको छ । जसमा नेपाली कांग्रेसले ५, नेकपा एमालेले २,नेकपा माओवादी केन्द्रले २ स्थानको प्रमुख/ अध्यक्षमा विजय हासिल गरेका छन्  । हलेशी तुवाचुङ्ग नगरपालिकाको अन्तिम मत परिणाम आउन वाँकी रहेको छ । यसमा नेपाली कांग्रेसले कुनै चमत्कार नभएमा जित हाँसिल गर्ने छ ।

जिल्ला सदरमुकाम समेत रहेको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाको मेयर/प्रमुख पदमा नेपाली कांग्रेसबाट तिर्थराज भट्टराईले ११ हजार ३८९ मत ल्याएर जित हासिल गरेका छन् भने निकट्त्तम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी एकिकृत मार्क्सबादी लेलिनबादीका कुमार आचार्यले झण्डै आधा अर्थात ६ हजार ९९६ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखमा नेकपा माओवादीका विसन राईले १० हजार ४३८ मत प्राप्त गरी विजय हासिल गरेका छन् निकट्त्तम प्रतिद्वन्दी बिणादेबी राईले ७ हजार ३१९ मत प्राप्त गरेकी छन् । विणादेवी राई निवर्तमान उपमेयर समेत हुन् । यस अघिका मेयर दिप नारायण रिजाल रहेका थिए । दुवैजना नेपाल कम्युनिष्ट पार्टी एकिकृत मार्क्सबादी लेलिनबादीबाट निर्वाचित भएका थिए ।

जिल्लाको उत्तरी भागमा अवस्थित ऐसेलुखर्क गाउँपालिकाको अध्यक्ष नेकपा एमालेका गिरेन्द्र बहादुर राईले २ हजार ६०६ मत ल्याएर विजय हासिल गरेका छन् । निकट्त्तम प्रतिद्वन्दी नेकपा माओबादी केन्द्रका श्री बहादुर राईले २हजार ४८० मत ल्याएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका राजेश कुमार राजभण्डारीले ३ हजार १४६ मत ल्याएर बिजय हासिल गरेका छन् भने निकट्त्तम प्रतिद्वन्द्वी नेकपा एमालेकी पुष्पा कला भूजेलले २५९५ मत हासिल गरेकी छन् । यस अघि अध्यक्षमा नेपाली कांग्रेसका बिश्वनाथ निरौला र उपाध्यक्षमा नेकपा माओबादीकी पुष्पकला भुजेलले बिजय हासिल गरेका थिए ।

केपीलासगढी गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसका समिर राईले २ हजार २४४ मत ल्याएर विजय हासिल गरेका छन् । निकट्त्तम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टि समाजवादीका मैतिराज राईले १ हजार ८०८ मत ल्याएका छन् । उपाध्यक्षमा जनता समाजवादीका गुरुराज राईले १ हजार ९८३ मत ल्याएर बिजय हासिल गरेका छन् भने निकट्त्तम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी मैया सुनुवारले १७६१ मत हासिल गरेकी छन् । यस अघि अध्यक्षमा नेकपा एमालेका कृष्ण कुमार राई र उपाध्यक्षमा नेकपा एमालेकी हिरा कुमारी वनले बिजय हासिल गरेका थिए ।

खोटेहाङ्ग गाउँपालिकाको अध्यक्ष नेकपा माओवादीका उदिम बहादुर राईले ३ हजार ७२८ मत ल्याएर विजय हासिल गरेका छन् । निकट्त्तम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टि एमालेकी कबिता राई ३ हजार ६९० मत ल्याएकी छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका रुपेश  राईले ३ हजार ७६३ मत ल्याएर बिजय हासिल गरेका छन् भने निकट्त्तम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका राजन कुमार बञ्जारा रहेका छन्  । यस अघि अध्यक्षमा नेकपा एमालेका प्रदिप  राई र उपाध्यक्षमा नेकपा एमालेकी कविता राईले बिजय हासिल गरेका थिए ।

जन्तेढुंगा गाउँपालिकाको अध्यक्ष नेकपा माओवादीकी अरुणा देवी राईले २ हजार ८८१ मत ल्याएर विजय हासिल गरेका छन् । निकट्त्तम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टि एमालेका यस अघिका अध्यक्ष समेत रहेका शंकर बहादुर राईले  २ हजार ५७५ मत ल्याएकी छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका खेम बहादुर खड्काले २ हजार ८०५ मत ल्याएर बिजय हासिल गरेका छन् भने निकट्त्तम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेकी यस अघिकी उपाध्यक्ष रहीसकेकी विमला राईले  २४९५ मत प्राप्त गरेकी छन् । यस अघि अध्यक्षमा नेकपा एमालेका शंकर बहादुर राई  र उपाध्यक्षमा नेकपा एमालेकी बिमला राईले बिजय हासिल गरेका थिए ।

दिप्रुङ्ग चुईचुम्मा गाउँपालिकाको अध्यक्ष नेकपा एमालेका लोकेन्द्र राईले ३ हजार ८०३ मत ल्याएर विजय हासिल गरेका छन् । निकट्त्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका नईन्द्र राईले  २ हजार १६२ मत ल्याएका छन् । उपाध्यक्षमा नेकपा एमालकी अरुणा थापाले २ हजार ७३३ मत ल्याएर बिजय हासिल गरेका छन् भने निकट्त्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रमा कटुवालले   २४९५ मत प्राप्त गरेकी छन् । यस अघि अध्यक्षमा नेपाली कांग्रेसका भूपेन्द्र  राई  र उपाध्यक्षमा नेपाली कांग्रेसकै सपना राईले बिजय हासिल गरेका थिए ।

बराह पोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका शालिकराम बञ्जाराले ३ हजार १८१ मत ल्याएर दोहोरीएका  छन् भने निकट्त्तम प्रतिद्वन्दी नेकपा एमालेकी गोमा मगरले  २ हजार ३३० मत ल्याएका छिन् । उपाध्यक्षमा नेकपा समाजबादीका भूवलराज  राईले २ हजार ६९४ मत ल्याएर बिजय हासिल गरेका छन् भने निकट्त्तम प्रतिद्वन्द्वी नेकपा एमालेका जीबन कुमार राईले   २२९५ मत प्राप्त गरेकी छन् । यस अघि अध्यक्षमा नेपाली कांग्रेसका शालिकराम बञ्जारा   र उपाध्यक्षमा नेकपा एमालेकी गोमा मगरले बिजय हासिल गरेका थिए ।

रावा बेशी  गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका फटिक कुमार श्रेष्ठले २ हजार ४८९ मत ल्याएर विजय हासिल गरेका छन् । निकट्त्तम प्रतिद्वन्दी नेकपा एमालेका हरी कुमार पोख्रेलले  २ हजार ३०३ मत ल्याएका छन् । उपाध्यक्षमा नेकपा एमालेकी  कौशिला गुरुङ्गले २ हजार २५७ मत ल्याएर बिजय हासिल गरेका छन् भने निकट्त्तम प्रतिद्वन्द्वी नेकपा माओबादीका लिला नारायण श्रेष्ठले   २१२० मत प्राप्त गरेकी छन् । यस अघि अध्यक्षमा नेकपा एमालेका लिलानाथ निरौला  र उपाध्यक्षमा नेकपा एमालेकी समला राईले बिजय हासिल गरेका थिए ।

साकेला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रवि प्रकाश राईले १ हजार ८५० मत ल्याएर विजय हासिल गरेका छन् । निकट्त्तम प्रतिद्वन्दी नेकपा एमालेका अर्जुन कुमार खड्काले  १ हजार ७७२ मत ल्याएका छन् । उपाध्यक्षमा नेकपा माओबादीका बिरसिका राईले २ हजार १२ मत ल्याएर बिजय हासिल गरेका छन् भने निकट्त्तम प्रतिद्वन्द्वी नेपाली कांग्रसकी सरीता खड्काले  १२२४ मत प्राप्त गरेकी छन् । यस अघि अध्यक्षमा नेकपा एमालेका चन्द्र राई  र उपाध्यक्षमा नेकपा एमालेकै सरीता खड्काले बिजय हासिल गरेका थिए ।

मत गणनाकै क्रममा रहेको हलेसी तुवाचुङ्ग नगरपालिकामा नेपाली कांग्रेसकी विमला राईले ४९४८ मत ल्याएर अग्रस्थानमा रहेकी छन् भने निकटतम् प्रतिद्वन्द्वी खगेन्द्र राईले ४७७१ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली कांग्रेसका रमेश कुमार राउतले ४६५२ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्वन्द्वी नेकपा माओबादीका अमेम्वर राईले ४४६२ मत प्राप्त गरेका छन् । यस अघीको मेयर ईवन राई र उपमेयर विमला राई रहेका थिए ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]