युवापोष्ट, २५ वैशाख, पोखरा । नेपाली कांग्रेसलाई सबैभन्दा बढि आवश्यक गठबन्धन आफ्नो दललाई रहेको सभापति शेरबहादुर देउवाले आज पोखरामा आज भएको चुनावी सभामा बताएका छन् ।
उनले आइतबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले गठबन्धन बनेपछि नेपाल र त्यसको साथै पोखराको अवस्था फेरिएको बताए । उनले भने, ‘गठबन्धन बन्नु अगाडि कस्तो अवस्था थियो ? आज कांग्रेसको नेतृत्वमा सरकार छ, सबै पार्टी सहभागी भएका छन् । त्यसकारण कांग्रेसका साथीहरुबाट गठबन्धनलाई शंका उपशंका गर्ने काम गर्नु हुँदैन ।’
ओलीले संसद भंग परेपछि गठबन्धन बनेको र अरु दल उदार भएर कांग्रेसलाई सरकारको नेतृत्वमा ल्याएकाले गठबन्धनलाई सफल पार्नु आफूहरुको कर्तव्य भएको बताए । उनले भने, ‘गठबन्धन बचाउन पोखरा महानगर मात्र होइन, सबै पालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी हुन जरुरी छ ।’
संसदमा विरोध गर्दा भंग गरिदिहाल्ने गरेको भन्दै उनले संसद फिर्ता ल्याएपछि पनि चल्न नदिएको बताए।
‘विपक्षी पार्टीले संसदमा विरोध गर्न पाउँछ नि, हामीले विरोध गरेका थियौं, त्यही विरोध सहन नसकेर भंग गरिदिए,’ देउवाले भने, ‘ओलीजी संसदीय व्यवस्थाको पक्षमा पनि हुनुहुन्न।’
ओली स्वयं र उनले नेतृत्व गरेको पार्टी प्रजातन्त्र, गणतन्त्रको खिलापमा रहेको उनले बताए । देउवाले भने, ‘स्थायित्व स्थिरताका लागि गठबन्धनलाई जिताउनु पर्छ । ओलीले जित्यो भने संसद भोलि नै भंग गरिदिनसक्छ ।’
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी ओली प्रजातन्त्रको खिलापमा रहेको अरोप लगाएका छन्।
पोखरामा आज आयोजित सभामा उनले भने, ‘ओलीजी प्रजातन्त्रको पक्षमा हुनुहुन्न, खिलापमा छ।’ ओलीको आतङ्की शासन हटाउन गठबन्धन बनेको देउवाले बताए । त्यसमा उनले थपे ओलीले आफ्नो समयमा बनाएको निरंकुशतालाई तोड्न गठबन्धन सफल भएको बताए ।
संविधानअनुसार भंग गर्नै नमिल्ने भएकाले आफूहरु अदालत गएर संसद फिर्ता ल्याएको देउवाले बताए। गठबन्धन सबैभन्दा बढी आवश्यक कांग्रेसलाई परेको उनको दाबी छ।
‘गठबन्धन अघि हाम्रो अवस्था कस्तो थियो,’ उनले भने, ‘आज पोखरामा कांग्रेसको मुख्यमन्त्री छ, प्रचण्ड र माधवजी उदार भएर कांग्रेसलाई सरकारमा ल्याएको छ।’
गठबन्धन विरोधी काम नगर्न आग्रह गर्दै देउवाले विरोधमा जानेलाई कारबाही गर्ने चेतावनी दिए।
पोखराको मेयरमा धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाटलाई जिताएर गठबन्धन जोगाउन उनले आग्रह गरेका थिए।